खानिखोलामा फागुन २१ गते बृहत स्वास्थ्य शिविर हुदैं


काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा ५ मा रहेको जनविकास उच्च मा.वि. तालढुंगामा आगामी फागुन २१ गते एक दिने बृहत निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

खानिखोला गाउँपालिकाको आयोजनामा खानिखोला मिडिया हाउसको संयोजकत्व तथा अमर ज्योति यूवा क्लब र तामाङ युवा एकता समाजको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । शिविरमा नेपाल मेडिकल कलेज र चाईना हस्पिटल बौद्धका विशेषज्ञ चिकित्सकहरुको सहभागीतामा स्वास्थ्य परीक्षण हुने गाउँपालिकाले जनाईएको छ ।

शिविरमा नाक, कान, घाँटी, आँखा, स्त्री रोग सम्बन्धी उपचार हुनुका साथै उनीहरुलाई आवश्यकता अनुसारको औषधि समेत निशुल्क वितरण गरिने आयोजकले जनाएको छ । शिविरमा सबैलाई उपचारका लागि आउन गाउँपालिकाले आव्हान गरेको छ ।

गाउँपालिकाका विभिन्न विकट स्थानमा आर्थिक अभावका कारण उपचार गर्न नपाई रोगबाट पिडित हुदैँ आएकाहरु र व्यस्त दैनिक गुजार्दै आएका व्यक्ति र सर्वसाधारण नागरिकले स्वास्थ्य लाभ लिउन भनेर शिविर संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित: समय: 18:05:54  392पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार