थाहा नगरमा २७ औं जनयुद्ध दिवसको अवसरमा दिपप्रज्वलन


मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा २७ औं जनयुद्ध दिवसको अवसरमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।

नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपाल थाहा नगर कमिटीको आयोजनामा २७ औं जनयुद्ध दिवसको अवसरमा थाहा नगरपालिकाको विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको हो ।

थाहा नगरको विभिन्न स्थान चित्लाङ , बज्रबाराही , शिखरकोट , दामन , डाँडाबास लगायतका क्षेत्रमा दीप प्रज्वलन गरिएको वाइसीएल थाहा नगर अनुशासन विभाग प्रमुख मोहन थिङले जानकारी दिए ।

प्रकाशित: समय: 22:10:19  347पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार