
काठमाडौं । सुचना प्रविधिको युगलाई मध्यनजर गर्दै इन्टरनेटमा आधारित व्यवसाय दिनानुदिन तिब्र रुपमा अगाडी बढिरहेको छ यहि क्रेजलाइ अवसर मानेर सुरु गरिएको एक मार्ट हो केटिएम विजनेस मार्ट । यसले अनलाईन सपिङ्ग बजारको मुख्य कमजोरीलाई सुक्ष्म ढंगले अध्ययन गरी व्यवस्थित रुपमा अघि बढाईरहेको देख्न सकिन्छ ।
विश्वमा जसरी अन्लाईन सपिङ्गको प्रचलन बढ्दै गएको छ त्यसरी नै नेपालमा पनि अन्लाईन सपिङ्गको प्रचलन बढ्दै गएको छ । नेपालका शहर प्रमुख ठुला शहरहरुमा त आजकल धेरै प्रतिशत नै अन्लाईन सपिङ्गले कब्जा गरी सकेको छ । गुणस्तरिय सामान रोज्न वा अगुणस्तरिय सामान पहिचान गरी फिर्ता गर्न समेत सुबिधा रहेकोले अन्लाईन सपिङ्ग धेरै प्रचलनमा आउन थालेको बुझिएको छ ।
पछिल्लो समय बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकहरुलाई मुक्ति दिलाउन एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन् । उक्त मार्टहरुले एउटै छानामुनि विभिन्न प्रकारका सामग्रीहरु सहज रूपमा उपलब्ध गराउने गरेका छन् खुद्रा पसलको तुलनामा विशेष सजावटसहित सामानहरु विक्रीको निम्ति उपलब्ध गराइनुका साथै घर घरमै डेलिभरी गर्ने गरेकाले पनि यस्ता मार्टहरुमा युवा पुस्ताको आकर्षण बढ्दै गएको देखिन्छ ।
यसैबिच, नेपालमा उत्पादन भएको वस्तुलाई विश्व बजारीकरण गर्ने उद्धेश्यले काठमाडौंको समाखुसीस्थित विगत एक वर्ष देखि केटिएम विजनेस मार्ट सञ्चालनमा आएको छ । बेरोजगार भएका व्यक्तिहरुले पनि नेपालमै बिना लगानी केही गर्न सकिन्छ भन्ने भनाईलाई आत्मासाथ गर्दै उक्त मार्टले बिक्री बढाउनका लागि सामानहरुमा छुट, एफिलिएट मार्केटिङ, नयाँ अफरका साथै होम डेलिभरीको सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिदै आएको छ ।
केटिएम विजनेस मार्टका सञ्चालक बिदुर नेपाली
एकै ठाउँमा आफूलाई आवश्यक पर्ने सबैजसो सामानहरु उपलब्ध हुने, आधुनिक विलिङ सिष्टमबाट मात्रै काम गरिने, उपभोग्य अवधिका सामानहरु मात्र उपलब्ध हुने भएको कारण पनि अहिले मार्ट युवा पुस्ता आकर्षित भएको केटएिम विजनेस मार्टका सञ्चालक बिदुर नेपाली बताउँछन् । आगामी दिनमा यसमार्फत् धेरै भन्दा धेरै युवालाई स्वरोजगार बनाउने उनको लक्ष्य छ ।
ग्राहकहरुको रोजाइ र समय बचत गराउन पनि यस्ता मार्टले सहयोग गर्ने उनको भनाई छ । अनलानईनमा सामान किन्दा महँगो हुनुका साथै क्वालीटीको समान हुन्न भन्ने ग्राहकको बुझाई परिवर्तन गर्ने अभिप्राय यस मार्टले लिएको छ । ग्राहकको रोजाइलाई ध्यानमा राख्दै आफुहरुले मार्ट संचालन गरेको उनले बताए । हाल यस मार्टमा देशभरका ४ सय जना व्यक्तिहरु रोजगार छन् ।
साथै, यस मार्टमा जोडिएर काम गर्न ईच्छुक व्यक्तिहरुले मार्टको फेसबुक पेजमा भएका सामानहरु शेयर गरेबापत उक्त सामान डेलीभरी भएपछि केही प्रतिशत कमिसन पनि दिने गरेको पाईन्छ । यसैगरी, अनलाईन पेमेन्ट मार्फत खरिद गर्ने वस्तुको भुक्तानी गरेर ग्राहकले दिएकै ठेगानामा सेवा प्रदान गर्ने गर्दै आएको छ ।
हाल उक्त मार्टले कस्मेटिक सामाग्री, मोबाईल,ल्यापटप, विद्युतीय।, कपडा, जुत्ता तथा फर्निचरका सामानहरु, जडिबुटी लगायतका सामानहरु उपलब्ध गराउँदै आएको छ । अनलाईनबाट सामान अर्डर गर्दा फोनबाट, एस एम एसबाट, Viber , whasapp , Messaner बाट ९८१९३८५६१७ नम्बरको मोबाईलमा ग्राहक महानुभाबहरुले सम्पर्क गर्न सक्नूहुनेछ साथै पेमेन्ट लिदा फोन पे, कार्डबाट, ई सेवाबाट, क्यास अन डेलीभरी, बैकिङ्ग ट्रान्सफरबाट भुक्तानि गर्न सकिने सञ्चालक बिदुर नेपालीले जाकारी दिए ।
सपिङ्ग कम्पनीहरुको उच्च तहको प्रतिष्प्रर्धा रहेकाले पनि कम्पनी टिकाउनु निकै चुनौतीपुर्ण रहेको उनी बताउँछन । हाल अनलाईन सपिङ्ग कम्पनीहरु धेरै भएपनि केटिएम विजनेस मार्टमा रहेका प्रडक्टहरुमा मुल्य किफायतीको दृष्टीले पनि राम्रो रहेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभावलाई मध्यनजर गरी सुरक्षित खरीद बिक्री गरिने र अनावश्यक भीडभाडबाट ग्राहकहरुलाई बचाउनका लागि अनलाईन सपिङ्ग उत्तम उपाय हुनेछ ।