मकवानपुरमा ११० किलो अबैध लागु औषध गाँजा सहित एकजना पक्राउ


मकवानपुर । मकवानपुरमा ११० किलो अबैध लागु औषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय रामकुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

सोमबार राती १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलिले राक्सिराङ गाउँपालिका वडा नम्बर ५ कच्ची सडक खण्डमा शंकास्पद रूपमा भारी बोकि हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त अबैध लागु औषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 22:55:56  307पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार