मकवानपुर । मकवानपुरमा रुखबाट लडेर एकजना युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित अदुवा खर्ककी २२ वर्षीय प्रमिला योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
योञ्जनको बिहिवार साँझ घर नजिकै जंगलमा घाँस काट्न जाँदा रुखबाट खसेर घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।