थप ११,३५२ मा कोरोना संक्रमण,४ जनाको मृत्यु


काठमाडौं । नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो । १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना रहेका छन् । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बुधबार ६१३ जना संक्रमणमुक्त भएका छन् । थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेनमा ४७ बजार ९२९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: समय: 16:47:15  288पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार