गायक चिज लेकाली र गायिका मिना लामाको “लेले पोच्चोरी २” मेन्दो माया गीत सार्वजनिक


काठमाडौं । गायक चिज लेकाली र गायिका मिना  लामाको स्वरमा सजिएको “लेले पोच्चोरी २” मेन्दो माया  गीत सार्वजनिक भएको छ ।

चिज लेकालीको पहिलो गीत लेले पोच्चिरी १ लाई दर्शक र श्रोताले अत्याधिक रुचाएपछी यो लेले पोच्चोरी २ निर्माण भएको हो ।
गायक लेकाली कै शब्द संगीत रहेेेको उक्त मेन्दोमाया गीत  लेले पोच्चोरी २ मा संगीत संयोजक मिक्साङ डिका गुरुङको रहेको छ भने गीतको भिडियोमा दिपकराज गिरीको कोरियो ग्राफी रहेको छ ।

गीतमा तामाङ समुदायभित्र हुँदै आएको सँस्कार सँस्कृतिमा आधारित भएर सोल्टा सोल्टी बिचमा भएको माया पिरतीको बर्णन गरिएको छ ।
डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतलाई लेकाली ब्रदर्सको युट्युबबाट सार्वजनिक भएको हो।

प्रकाशित: समय: 21:12:19  567पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार