
मकवानपुर । मकवानपुर प्रहरीले ६० किलो अबैध लागु औषध गाँजा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी र सुनाचुरी प्रहरी चौकिबाट खटिएको संयुक्त प्रहरी टोलिले शनिबार बिहान १ बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर ६ पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा ६० किलो अबैध लागु औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलिलाई देख्न साथ बोरा बोकि हिँडिरहेका व्यक्तिहरुले बोरा फाली भागेकोमा उक्त बोरा खोली हेर्दा ६० किलो अबैध लागु औषध गाँजा बरामद गरेको हो ।
उक्त अबैध लागु औषध गाँजा नियन्त्रणमा लिई गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।