राजु बिरही सापकोटा र रजनी लामाको “नखोज है भाउ” सार्वजनिक


काठमाडौं । रामचन्द्र मोक्तान : गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा सजिएको “नखोज है भाउ” काठे लोक दोहोरी गीत सार्वजनिक भएको छ ।

धादिङे नानी र मकवानपुरे ठिटो बीच मन परापर भएपछि माया पिरतीमा भाउ खोज्न नहुने र एक अर्काको मनको भावनालाई गहिरिएर बुझेर चोखो माया लाउन जान्नु पर्छ भन्ने यस गीतमा समेटिएको छ ।

रजनी लामा र बबि लामाको प्रस्तुति रहेको यस गीतमा शब्द संगीत स्वयं राजु बिरही सापकोटाको रहेको छ भने ज्ञानेन्द्र तामाङ र बिपना गोलेको मुख्य अभिनय रहेको छ ।
यो गीतको छायांकन सरोज शाहीले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका हुन् ।
भिडियो हेर्नुहोस्।

प्रकाशित: समय: 1:32:29  705पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार