श्रमिक जनता बचत तथा ऋण सहकारी संस्था लि.को दशौं बार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । श्रमिक जनता बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार काठमाडौं स्वयम्भुको विजेश्वरी स्थित तामाङ कुताप रेस्टुरेन्टमा भएको सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सीता तामाङले श्रमिक जनता नामैले आफुलार्इ उर्जा दिएको र सम्पुर्ण श्रमिकहरुलाई उर्जा दिने आधार श्रमिक जनता सहकारी रहेको बताईन् । उनले संस्थाका संस्थापकमा इमानदारी रहेकोले पनि संस्थाप्रती आफू सन्तुष्ट र खुशी भएको धारणा व्यक्त गरिन् ।

संस्थाका सचिव दिर्धलाल तामाङले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष धुप्चेन लामाले २०७७/७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, संस्थाका अध्यक्ष कुमार दोङ तामाङले सम्पुर्ण आमन्त्रित सदस्यहरुका साथै उपस्थिति सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै रेमिटान्सको लागि सरकारी निकायबाट स्वीकृती पाइसकेको र अब छिट्टै नै रेमिट्यान्सको सुविधा पनि सहकारीद्वारा उपलब्ध हुने जानकारी समेत दिएका छन् ।

कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य काल्साङ लामा, नेपाली कांग्रेस प्रदेश सचिवालय सदस्य उदय लामा लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: समय: 22:20:01  584पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार