मुना स्याङतान र देबिलाल भण्डारीको “परदेशी फर्केन” पुर्वेली गीत सार्वजनिक (भिडियो सहित)


काठमाडौ । रामचन्द्र मोक्तान : गायिका मुना स्याङतान र गायक देबिलाल भण्डारीको स्वरमा सजिएको परदेशीको कथा व्यथालाई समेटिएर तयार पारिएको  “परदेशी फर्केन” बोलको गीत सार्वजनिक भएको छ ।

ॠणको भार भएर ॠण तिर्न नसक्दा परदेसिनु परेको पीडा र परिवारको बिचल्ली, धेरै समयसम्म पनि स्वदेश फर्किन नसक्नुको छुट्टै व्यथालाई यस गीतमा समेटिएको छ ।

यस गीतमा शब्द संगीत स्वयं गायक देबिलाल भण्डारीको रहेको छ । राजु बिरही सापकोटा र मुना स्याङतानको मुख्य अभिनय रहेको छ भने रजनी लामा र बबि लामाको पनि यस गीतमा अभिनय देख्न सकिन्छ ।

यो गीतको छायांकन सरोज शाहीले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका हुन् ।

भिडियो हेर्नुहोस् ।

 

प्रकाशित: समय: 12:57:45  82पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार