
मकवानपुर । मकवानपुरको थाहानगरपालिका इन्द्रायणी चौर स्थित फुटबल मैदानमा थाहा अभियान दर्शनको प्रणेता रुपचन्द्र विष्टको जन्मोत्सवको अवसर पारेर तेस्रो थाहा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
थाहानगरपालिकाको आयोजनामा यही पुस २६ गतेबाट तेस्रो थाहा गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको प्रतियोगिताका संयोजक सुमन विष्टले जानकारी दिए।
प्रतियोगिताको प्रथम हुने टिमले नगद रु १ लाख तथा शिल्ड, मेडल, प्रमाणपत्र र दोस्रो हुने टिमले नगद रु ५० हजार, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्। टिम दर्ताका लागि रु ८ हजार र कार्ड डिपोजिट शुल्क रु २ हजार तोकिएको छ।