सानुबाबु घिसिङको ‘तोर तोर ल्हाला’ (भिडियोसहित)


काठमाडौं । पछिल्लो समय तामाङ गीत संगीतमा चर्चा कमाउन सफल गायक तथा संगीतकार सानुबाबु घिसिङको सेलो गीत तोर तोर ल्हाला सार्वजनिक गरिएको छ ।

डोल्मा थिङको शब्द रहेको उक्त गीतमा चर्चित गायक तथा संगीतकार कोसिश थोकर र तामाङ समुदायले रुचाएकी चर्चित गायिका जितु लोप्चनको सुमधुर स्वर रहेको छ । गीतमा एरेन्ज र मिक्सिङ सानुबाबु घिसिङले नै गरेका छन् ।

फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई टि.एस.सी.डिजिटल मिडियाको अफिसियल यूटुबबाट सार्वजनिक गरिएको हो । त्यसैगरी गीतको भिडियोको छायाङ्कनमा सुमन तामाङले गरेका छन् भने निर्देशन तामाङ चलचित्र जगतका महानायक अमिर दोङको रहेको छ । यस्तै ड्रोन क्यामरामा रोनिश तामाङ रहेका छन् ।

हेरुका लामाको कोरियोग्राफी र सन्तोश गोलेको सम्पादन रहेको भिडियोमा अमिर दोङ,सुष्मा मोक्तान,कुईसाङ रुम्बा,अनिता नेगी,पाल्देन लामा,प्रमिला ब्लोन,मिन बहादुर बोम्जन र सबिना तामाङको अभिनय रहेको छ ।

प्रकाशित: समय: 9:53:11  405पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार