मकवानपुरमा अबैध लागु औषध सहित दुई जना पक्राउ


मकवानपुर । मकवानपुरमा अबैध लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतिहारी ग्राम आदापुर वडा नम्बर २ बस्ने २२ वर्षीय सद्दाम अन्सारी र भारत बिहार जिल्ला मोतिहारी ग्राम सिसवा सौनाह वडा नम्बर २ बस्ने १८ वर्षीय रोहान आलम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनीहरुलाई अबैध लागु औषध डाइजोपाम ३०० एम्पुल , फेनार्गन ३०६ एम्पुल र नुफिन ३४० एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी बजार स्थित चेकपोस्ट अगाडि बिरगंजबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख २०१९ नम्बरको यात्रु बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त अबैध लागु औषध सहित प्रहरी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 21:16:17  295पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार