मकवानपुर । रामचन्द्र मोक्तान । साबिक आग्रा स्तरीय फुटबल प्रतियोगिताको उपाधी एफ सि डाँडाबासले जितेको छ ।
थाहा नगरपालिका वडा नम्बर ७ किटिनी चौर फुटबल मैदानमा भएको खेलमा एफ सि डाँडाबासले साइनिङ स्टार बतासेलाई ८-० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । यसैगरी पुपु म्हेन्दो चिसापानीले सेबेन स्टार राम्चेलाई ३-२ गोलको अन्तरले पराजित गर्दै तेस्रो स्थान हाँसिल गरेको हो ।
एफ सि डाँडाबासले जित संगै नगद रु ५० हजार शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी उप विजेता बनेको साइनिङ स्टार बतासेले नगद रु २५ हजार सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो स्थान हाँसिल गरेको पुपु म्हेन्दो चिसापानीले नगद रु १५ हजार शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।
फुटबल प्रतियोगितामा साबिक आग्रा गाविस भरिको १४ टिमको सहभागिता रहेको प्रतियोगिताको संयोजक बल बहादुर गोङ्बाले जानकारी दिए ।