मकवानपुरमा पिङ बनाउने क्रममा लडेर एकजनाको मृत्यु


मकवानपुर । मकवानपुरको भिमफेदीमा पिङ बनाउने क्रममा पिङबाट लडेर एकजनाको मृत्यु भएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित माण्डुमा सोमबार साँझ दशैंको लागि पिङ हाल्ने क्रममा स्थानीय ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका हुन् ।

घाइते लामालाई उद्दार गरेर उपचारका लागि हेटौंडा अस्पताल लगिएको र उपचार को क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 19:16:23  63पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार