सांसद बहादुर सिंह लामाकाे सम्बाेधनमा कराँते संघ नुवाकोटले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरे


काठमाडौं । नेपाल सितोरियो कराँते संघ नुवाकोटले संघीय सांसद युवा नेता बहादुर सिंह लामा तामाङकाे प्रमुख अातिथ्यतामा शुभकामना आदान प्रदान तथा चियापान समारोह कराँते भवन निर्माण स्थल विदुर ४ सिमचाैर नुवाकोटमा शनिबार सम्पन्न भएको छ । जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राई , कराँते राष्ट्रिय निर्णायक अष्ठविर लामा , राष्ट्रिय निर्णायक करण तामाङ घ्लान , सिमचाैर डाेजाेका प्रशिक्षक काेच खेलाडीहरु , कराँते संघ नुवाकोटका अध्यक्ष राजु थापा लगायतकाे पहलमा सितोरियो कराँते संघ नुवाकोटले याे समारोह सम्पन्न गरेको हाे । नेपाली काँग्रेस केन्द्रीय सदस्य , सांसद बहादुर सिंह लामा , नेपाली काँग्रेस पुर्व जिल्ला सभापति ध्रुव अधिकारी लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए । नुवाकोटको कराँतेलाई भवन निर्माणकाे निमित्त केन्द्रीत रहेर सम्बाेधन रहेको थियोे ।

प्रकाशित: समय: 22:07:21  100पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार