भाषणमा उखान टुक्का जोडेर मात्र देश र पार्टी संचालन गर्न सकिदैन: मधावकुमार नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजबादी) ले समाजबादको यात्रामा अघि बढौ भन्ने नाराका साथ विजय दशमी तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम काभ्रेको बनेपामा आयोजना गरिएको छ।
उक्त कार्यक्रममा एकीकृत समाजबादको अध्यक्ष माधबकुमार नेपालले आफ्नो मन्तब्य राख्ने क्रममा आफ्ना कार्यकर्ताहरुलाई  उत्साह र मनोबल कमजोर गर्नका लागि विभिन्न तत्वहरु आइपरे पनि कहिल्यै बिक्षिप्त नहुन र सहि ढंगले सहि बाटो औल्याउन र कसैको उखान टुक्कमा  नअल्झिन निर्देशन दिएका छन् ।
उनले केपी ओली व्यक्तिवादी चिन्तनबाट ग्रस्त भएको र ओली अब सुध्रिएला जस्तो लाग्दैन भाषणमा उखान टुक्का जोडेर मात्र देश र पार्टी संचालन गर्न सकिदैन भन्ने आरोप लगाए। कार्यकर्ताहरुलाइ नेपाली जनताको हितको लागि समर्पित हुन, युवा स्वरोजगारलाइ प्रबर्द्धन गर्न, नेपाली कृषकहरुको जीवनमा परिवर्तन ल्याउनका लागि पर्नु पर्ने वक्त गरे।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, पूर्वसांसद शिवबहादुर देउजा, कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्य, माओवादी केन्द्रका तेजबहादुर मिजार,  एकीकृत समाजवादी जिल्ला अध्यक्ष टोकबहादुर वाइबा, जिल्ला उपाध्यक्ष रहेका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईं, वाग्मती प्रदेश कमिटी सदस्य कमला अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित: समय: 0:53:05  68पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार