मकवानपुरको भोर्लेनी खोलामा एक युवती मृत फेला


मकवानपुर । मकवानपुरको भोर्लेनी खोलामा एक युवती मृत फेला परेकी छन् ।

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ स्थित भोर्लेनी खोलामा स्थानीय २२ वर्षीया भगवती भोलोन मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

खोला तर्ने क्रममा भोलोनलाई बगाउँदा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रबक्ता रिमालले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 17:13:27  396पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार