केपी ओली कम्युनिष्ट आन्दोलनबाट अलग भइसकेको माधव नेपालको आरोप


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन् ।

बिहीबार नेकपा एमालेका नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका हुन् ।

उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए ।

उनले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गरे । उनले नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको भन्दै नेकपा एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताए ।

कार्यक्रममा नेता जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए । उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएकाले पार्टी परित्याग गरेको बताए ।

प्रकाशित: समय: 15:38:10  69पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार