पौडी खेल्ने क्रममा सामरी खोलामा डुबेर एक बालिकाको मृत्यु


मकवानपुर  । पौडी खेल्ने क्रममा मकवानपुरको सामरी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ सरङकोट स्थित सामरी खोलामा पौडी खेल्न गएकी स्थानीय १३ वर्षीया मिनि बिक पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

साथीहरू संग सामरी खोलामा पौडी खेल्न गएकी बिकको पौडी खेल्ने क्रममा दहमा रहेको ढुङ्गामा अड्किएर मृत्यु भएको प्रबक्ता रिमालले बताए ।

प्रकाशित: समय: 7:22:55  63पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार