गाई काटेको आरोपमा पक्राउ परेकालाई धरौटीमा छोड्न अदालतको आदेश


मकवानपुर । मकवानपुरको बकैयामा गाई काटेको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा छोड्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश कमलराज विष्टको इजलासले पक्राउ परेका १० जना मध्ये ९ जनालाई जनही ४० हजार धरौटीमा छोड्न आदेश दिएको हो l पक्राउ परेका १० जना मध्ये एक जना बालक रहेकोेले उनलाई अभिभावकको जिम्मा लगाइएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।

मकवानपुर प्रहरीले गत असोज ३ गते बकैया गाउँपालिका वडा नम्बर ११ को स्वबिमा गाई काटेको आरोपमा ५० किलो गाईको मासु सहित १० जनालाई पक्राउ गरेको थियो l
प्रहरीले पक्राउ परेका सबै जना माथी गौवध सम्बन्धि मुद्दा चलाएको थियो

प्रकाशित: समय: 17:02:05  75पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार