मकवानपुरको हेटौंडामा वृक्षरोपण कार्यक्रम तथा मास्क वितरण


मकवानपुर । नेपाल प्रहरीको ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा मकवानपुरको हेटौंडामा वृक्षरोपण कार्यक्रम तथा मास्क वितरण गरिएको छ ।

६६ औं प्रहरी दिवस २०७८ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौंडाको विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम तथा मास्क वितरण गरिएको हो l हेटौंडा १० बुद्धचोक र हेटौंडा ११ थाना भर्र्याङ्मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईंको मास्क खै भन्ने कार्यक्रम संचालन गरि दुबै स्थानमा गरि जम्मा पर्चा २०० थान , मास्क २६५० थान वितरण गर्नुका साथै सवारी साधनहरुमा जनचेतना मुलक स्टिकर ७०० थान टाँस गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

त्यसैगरी हेटौंडा ५ क्याम्पडाँडामा विभिन्न प्रजातिका २५० वटा विरुवाहरु वृक्षरोपण गरिएको प्रबक्ता रिमालले बताए ।
कार्यक्रममा बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश जंग कार्की , जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर , बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी , जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल , प्रहरी निरीक्षक चुडा कुमारी खड्का , सामुदायिक सेवा केन्द्र पशुपति नगरका अध्यक्ष राम विष्ट , सामुदायिक सेवा केन्द्र थाना भर्र्याङ्का अध्यक्ष शालिकराम पुडासैनी , सामुदायिक उप सेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदीप कँडेल , पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण लगायतका उपस्तिथि रहेको थियोे ।

प्रकाशित: समय: 21:36:19  452पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार