भाइरल गायिका लक्ष्मी खड्काकाे “टिका जमरा”सार्वजनिक (भिडियो सहित)


काठमाडौं । पछिल्लो समय विजय दशमी तथा दिपावलिको शुभकामना सहित  विभिन्न दशैँ तिहार संग संबन्धित गीतहरु सार्वजनिक हुने क्रम बढ्दो रहेको छ ।

सोहि क्रममा गायक जयराम खड्काकोे नयाँ दशैँ तिहार विशेष लोक सांगीतिक कोसेली “टिका जमरा” बोलको गीत पनि भर्खरै बजारमा आएको छ । गीतमा भाइरल गायिका लक्ष्मी खड्का, जयराम खड्का र श्याम ठकुरीको स्वर रहेको छ ।

भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने सिनेम्याटोग्राफी शन्तोष तिमल्सीना र सम्पादन रोशन धिताले गरेका छन् । कोरियोग्राफी सुरज श्रेष्ठको रहेको गीतमा प्रदिप रोक्का,यूनीष रेग्मी, रमा कुमार नेपाल र रोजी दुलालको अभिनय देख्न सकिन्छ ।

गायक खड्काका दर्जनौं सुपरहिट गीतहरु छन्। गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् । थुप्रै सफल गीतका सर्जक खड्काका गीतहरुमा मौलिकता भेटिन्छन्।

प्राय त काम विशेषले घर बाहिर रहेका तर, दसैं तिहार जस्ता पर्वमा घर जान नपाएकाहरुलाई यस्ता गीतले आकषिर्त गर्ने गरेको छ । पछिल्ला समय यस्ता भिडियो स्वदेश र विदेशमा बस्ने नेपालीले मन पराउदै आएका छन् ।

प्रकाशित: समय: 23:07:28  108पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार