अत्यावश्यक बाहेक राहदानी नबनाउन मकवानपुर प्रशासनको आग्रह


मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेक राहदानी नबनाउन जिल्ला वासिलाई आग्रह गरेको छ ।

राहदानी विभागले ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्न लागेको भन्दै हाललाई अत्यावश्यक बाहेक राहदानी नबनाउन आग्रह गरेको हो ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी जारी गर्न सुरु गरेपछि विद्युतीय चिप्स सहितको राहदानी अहिलेको भन्दा धेरै गुणस्तरीय हुनुका साथै आवेदन दिएको एक सातामै अहिलेकै शुल्कमा प्राप्त हुने व्यवस्था मिलाइएको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित: समय: 20:48:47  683पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार