अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहानगर भेला सम्पन्न


काठमाडौं ।मकवानपुरको थाहानगरपालिकामा अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहानगर भेला सम्पन्न भएको छ ।

शकुन्तला गोपालिको अध्यक्षतामा र उपाध्यक्ष मिना कुमारी स्याङतान , मिरा खड्का, सचीवमा जयन्ती रायमाझी ,कोषाध्यक्षमा राजी बस्नेत र सहसचिवमा शुक्ला गोपाली रहने गरि ५५ सदस्यीय थाहानगर भेला सम्पन्न भएको वाइसीएल बागमती प्रदेश कमिटी सदस्य दिपक लामाले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

५५ सदस्यीय रहने गरि थाहानगर भेला सर्वसम्मत चयन भएको हो ।

प्रकाशित: समय: 22:32:37  96पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार