थप १४८६ मा कोरोना पुष्टि,१६ को मृत्यु, १२६० जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या आठ लाख ६५ हजार तीन सय ४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२६० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४०७१७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०९६५ पुगेको छ । क्वारेन्टाइनमा २६२ जना रहेका छन् भने आइसोलेसनमा २६६३० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: समय: 17:27:32  58पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार