
मकवानपुर । मकवानपुरको थाहानगरपालिकामा रहेका निजि तथा सामुदायिक विद्यालय भोलि आइतबारबाट संचालनमा आउने भएको छ ।
बैशाख १४ गतेदेखि बन्द रहेका विद्यालयहरु भोलि आइतबारबाट संचालनमा आउने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको भदौ १७ गतेको निर्णय बमोजिम हिजो बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय भौतिक रूपमा संचालन गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले जानकारी दिए ।
बैठकले तीन दिन भित्र सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय गरि विद्यालय संचालन कार्यढाँचा तयार पारी शिक्षा शाखामा बुझाउन र स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरि विद्या लय संचालन गर्न दिने निर्णय गरेको हो ।
बढी विद्यार्थी भएका विद्यालयले बढीमा एउटा बेन्चमा २ जना सम्म विद्यार्थी राख्न , विद्यालयको गेटमा थर्मल गनले तापक्रम नाप्न , प्रार्थना तथा अतिरिक्त क्रियाकलाप गर्न नदिने लगायत कार्यढाँचा समेटिएको मापदण्ड अपनाएर सुरक्षित महसुस गराउनु पर्ने भनिएको छ ।