मनखुसी फाउन्डेसनकाे दुप्चेश्वर गाउँपालिका कार्यसमिति चयन


काठमाडौं  । नुवाकोटमा विशुद्ध समाजसेवाकाे निमित्त तत्पर मनखुसी फाउन्डेसनकाे नुवाकोटकाे दुप्चेश्वर गाउपालिका कार्यसमिति साेमबार गठन भएको छ । फाउन्डेसनको जिल्ला सभापति एवम् संयाेजक करण तामाङ साथमा अग्रज राजनीतिज्ञ एवम् समाजसेवी , कलाकारहरुकाे उपस्थितिमा गठन गरिएको हाे । फाउन्डेसनको पालिका संयाेजक एवम् जिल्ला सदस्यमा कलाकार बिकी लामा लाे निर्विरोध चयन भएको छ । यसैगरी सचिवमा पुजा तामाङ र सदस्यहरुमा फूलमाया तामाङले , कान्छी तामाङ , निरुता तामाङ चयन भएका छन् । शिक्षा , स्वास्थ्य , खेलकुद , कला , साहित्य लगायतका क्षेत्रमा विभिन्न ढङ्गबाट टेवा पुर्‍याउदै समाज सेवालाई अघि बढाउने उदेश्यले फाउन्डेसनले आफ्नो  कार्यक्षेत्र वृहत् बनाउदै जिल्ला तथा गाउँ/नगरपालिका गठनलाई तिव्रता दिएका छन् । यसै क्रममा नुवाकोटकाे सबै स्थानीय पालिकाहरु गठन प्रक्रिया सुरु गरेको हाे । यसअघि नुवाकोटको सूर्यगढी गाउपालिका गठन भए पश्चात् जिल्लाकाे याे दाेस्राे स्थानीय पालिका गठनकाे हाे ।

प्रकाशित: समय: 17:04:07  257पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार