मनखुसी फाउन्डेसन सूर्यगढी गाउँपालिका संयाेजकमा कलाकार गणेश लामा


काठमाडौं  : नुवाकोट ।विशुद्ध   समाजसेवाकाे निमित्त तत्पर मनखुसी फाउन्डेसनकाे नुवाकोटकाे सूर्यगढी गाउपालिका कार्यसमिति गठन भएको छ । फाउन्डेसनको पालिका संयाेजक एवम् जिल्ला सदस्यमा लाेकदाेहाेरी गायक गणेश लामा ( गणेशमान गाेले ) चयन भएको छ । यसैगरी सचिवमा तुलसा गुरुङ र सदस्यहरुमा देवराज तामाङ, वसन्त अधिकारी र सुन्तली तामाङ चयन भएका छन् । शिक्षा , स्वास्थ्य , खेलकुद , कला , साहित्य लगायतका क्षेत्रमा विभिन्न ढङ्गबाट टेवा पुर्‍याउदै समाज सेवालाई अघि बढाउने उदेश्यले फाउन्डेसनले अाफ्नाे कार्यक्षेत्र वृहत् बनाउदै जिल्ला तथा गाउँ/नगरपालिका गठनलाई तिव्रता दिएका छन् । यसै क्रममा नुवाकोटकाे सबै स्थानीय पालिकाहरु गठन प्रक्रिया सुरु गरेको हाे ।

प्रकाशित: समय: 21:29:19  308पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार