मकवानपुरमा १०४ किलो अबैध लागु औषध गाँजा सहित एकजना पक्राउ


मकवानपुर । मकवानपुरमा १०४ किलो अबैध लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौर बस्ने ४१ वर्षीय अम्बर बहादुर घिसिङ रहेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मंगलबार बिशेश सूचनाको आधारमा डाँडाखर्कबाट शिखरकोट तर्फ जाँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनि ट्रकलाई थाहानगरपालिका वडा नम्बर ३ दोबाटो स्थित सडक खण्डमा रोकि चेकजाँच गर्दा उक्त गाडिमा आलुको बोरा लोड रहेको बिच भागमा ८ वटा पोकामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त अबैध लागु औषध गाँजा फेला परेको हो ।

घिसिङलाई गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 18:06:43  248पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार