मकवानपुरमा अबैध लागु औषध सहित दुईजना पक्राउ


मकवानपुर । मकवानपुरमा फेरागन एमपुल ९ , डाइजोपाम एमपुल ९ , र नुरफिन एमपुल ९ थान गरि जम्मा २७ थान अबैध लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको रत्ननगरपालिका वडा नम्बर १० बस्ने ३२ वर्षीय दमन थापा र सोही नगरपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलिले आज दिउँसो १:०० बजेको समयमा बिरगंजबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ना ५ ख ३९४३ नम्बरको बसलाई चेकजाँच गर्दा उक्त परिमाणको अबैध लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 20:18:03  71पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार