मिस एण्ड मिसेस इन्डिजेनस सिजन टु काे फाइनलमा नुवाकोटी नम्रता लामा प्रतिस्पर्धामा


नुवाकोट । मिस एण्ड मिसेस इन्डिजेनस सिजन टु काे फाइनलमा नुवाकोटी नम्रता लामा प्रतिस्पर्धा गरिरहेकि छिन् । एस के इन्टरटेन्टमेन प्र.लीकाे आयाेजनामा भैरहेको प्रतियोगितामा मिस इन्डिजेनस तर्फबाट प्रतिस्पर्धामा रहेकाे कुरा लामाले जानकारी गराएका छन् । नम्रता लामा राष्ट्रिय संगीतकर्मी संघ तादी गाउपालिका नुवाकोट कार्यसमितिका महिला उपाध्यक्ष समेत रहेकाले उनलाई जिताउन साेही संगीतकर्मी संघ लागिपरेको छ । यही भाद्र १२ गते बालुवाटार ओपेरामा प्रतियोगिताकाे फाइनल हुने भएको छ । प्रतियोगि नम्रता बताउछिन् “प्रतियोगिता जित्छु भन्ने हिम्मत र सहास लिएको छु हेराैँ माया कत्तिकाे पाउछु अनि म कत्तिको पाेख्त रहेछु ।”
नम्रतालाई राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटकाे पनि बलियो साथ देखिन्छ ।

प्रकाशित: समय: 23:03:37  419पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार