राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटकाे नियमित बैठक शनिबार सम्पन्न


काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको नियमित बैठक शनिबार सम्पन्न भएको छ । संघले राख्ने गरेको नियमित बैठक गत शनिबार हिमचुली लाेक मञ्जरी हल नेपालटार काठमाडौमा विविध छलफलका साथ सम्पन्न भएको हाे । संघका बरिस्ठ सल्लाहकार शैलाप वाइबा , अध्यक्ष दिनेश तामाङ , प्रथम उपाध्यक्ष कुमार लामा , महिला उपाध्यक्ष अर्चना स्याङतान , सचिव करण तामाङ घ्लान र काेषाध्यक्ष रुपा एस घलेले बैठकलाई सम्बाेधन गर्नुभएको थियोे ।
संघले आगामी दिनहरुकाे प्रभावकारी याेजनाहरु तर्जुमा गर्न संघका सह सचिव शान्ति मम्बा , सदस्य फुलमाया तामाङ , सुबास थाेकर , जनक लामा , आर एन बिरही लगायतका पदाधिकारीहरुले जाेड दिएका छन् । विभिन्न चाडपर्वहरुलाई सम्बाेधन हुनेगरी कार्यक्रमहरु अगाडि बढाउने लगायतका विविध विषयमा छलफल भएको कुरा हाम्रो संवाददाताहरूसँग कुरा गर्दै संघका प्रवक्ता डिल बहादुर लामाले जानकारी दिएका छन् ।

प्रकाशित: समय: 20:07:06  142पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार