मनखुसी फाउन्डेसनले नुवाकोट जिल्ला शाखा उदघाटन तथा विस्तारित बैठक गर्दै


 

काठमाडौं ।डिल ब. लामा । विशुद्ध समाज सेवाकाे उदेश्यका साथ लागिपरेको सामाजिक संस्था मन खुसी फाउन्डेसनले आफ्नाे शाखा विस्तार गर्ने भएको छ । आफ्नाे शाखा विस्तार गर्ने क्रममा नुवाकोट जिल्ला शाखा उदघाटन यही शनिबार २३ गते सुखद पाहुना घर सभाहल विदुर नुवाकोटमा गर्ने भएको छ । मुलुककाे सबै जिल्लामा विस्तार गरि समाज परिवर्तनकाे निमित्त काम गर्ने फाउन्डेसनले बताएको छ । नुवाकोट जिल्लाकाे नेतृत्वको निमित्त कलाकार करण तामाङ लगायतका युवा नेतृत्वहरुलाई अगाडि सार्ने तयारी रहेकाे फाउन्डेसनले जानकारी दिएका छन् । उदघाटन समारोहमा फाउन्डेसनका फाउण्डर प्रेजिडेन्ट मान बहादुर तामाङले सम्बाेधन गर्ने भएको छ ।

प्रकाशित: समय: 18:11:29  327पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार