हेटौंडाका फरार प्रतिवादी पक्राउ


मकवानपुर l मकवानपुर हेटौंडाका फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने सुरज लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७७ पुस २३ गतेको फैसलाले लागु औषध मुद्दामा ६ महिना कैद र रु २५ हजार जरिवाना तोकिएको फरार लामालाई मकवानपुर प्रहरीले हेटौंडा १० बाट पक्राउ गरेको हो ।

पक्राउ परेका लामालाई अदालत उपस्थित गराई भिमफेदी कारागार पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 17:28:12  72पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार