एनआरएनए कुवेतको अध्यक्षमा लामा निर्वाचित


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कुवेतको अध्यक्षमा राणाध्वज लामा निर्वाचित भएका छन् ।

२३ जुलाईमा (शुक्रबार) भएको संघको सातौँ महाधिवेशनले लामाको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कोरोना महामारीका कारण भर्चुवल माध्यमबाट भएको महाधिवेशन निवर्तवान अध्यक्ष सुजन केसीको सभापतित्वमा नेपाली दूतावास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा, केन्द्रिय अध्यक्ष कुमार पन्त, केन्द्रिय उपाध्यक्ष बद्रि केसी, केन्द्रिय महासिव हेमराज शर्मा, आईसीसी सदस्य यस्मीन वेगम, केन्द्रिय प्रवक्ता डीबी क्षेत्रि, सचिव आरके सुबेदी, कुवेतका आइसिसी सदस्य अमित चामलिङ, मानर्थ आइसिसी सदस्य सुरज मास्के, मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल, मध्यपुर्व संयोजक प्रविन गुरुङ्ग, उपसंयोजक जोन आर्याल ,मध्यपुर्व युवा संयोजक राज रेग्मी लगायत विभिन्न देशका प्रतिनिधि लगायत, कुवेतमा रहेका संघ संस्था, पत्रकार बुद्धिजीवि, समाजसेवी लगायको उपास्थिति रहेको थियो ।

संघको अध्यक्ष लामा सहित आईसिसि सदस्यहरू हरि लावती र माधव पौडेल रहेको छ भने महासचिवमा निवर्तमान महासचिव रहेका मानबहादुर पाख्रीन पुन: निर्विरोध रुपमा चयन भएका छन् ।

यस्तै, उपाध्यक्ष टीका आचार्य, माधव शाही, उमेश पुडासैनी र महिला उपाध्यक्षमा अमृता वान्तावा सचिवमा जीवन कुमार विश्वकर्मा, मनिश केसी, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमश: प्रेमप्रसाद गुरुङ र सोनाम लामा रहेका छन् ।

साथै संघको नवनिर्वाचित अध्यक्ष लामाले कुवेतमा रहेका नेपाली श्रमिकहरुको समस्या हल गर्न आफू सधैँ लागिपर्ने बताएका छन् । यसको लागि त्यहाँ स्थित सबै नेपालीले आफूलाई सहयोग गर्ने अपेक्षा समेत उनले प्रकट गरेका छन् ।

संघको नवनिर्वाचित कार्यसमितिको कार्यकाल २०२१ देखि २०२३ सम्म रहनेछ ।

प्रकाशित: समय: 18:38:19  141पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार