सयौं जना माओवादी केन्द्रमा प्रवेश


मकवानपुर l शनिबार विभिन्न पार्टी परित्याग गरि सयौं जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र थाहानगर ७ को आयोजनामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सय जना भन्दा बढी व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र प्रवेश गर्नेहरूमा नेकपा एमाले परित्याग गरि कैलाश ५ का सचीव राज रुम्बा ,नेपाली कांग्रेस परित्याग गरि थाहा नगर ७ का सानो कान्छा गोले , चीन बहादुर थिङ , लगायतका सयौं जना माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा इन्द्रसरोवर इन्चार्ज बिनायक गोलेले जानकारी दिए ।

नव प्रवेशिलाई टीका लगाई स्वागत गर्दै माओवादी केन्द्र केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले सयौं जनाको जमात माओवादी केन्द्रमा आएको देख्दा खुशी लागेको बताइन् ।

कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य विष्णु बिष्ट , सदस्य ओम घलान ,वीर बहादुर घलान ,मकवानपुर जिल्ला सचिवालय सदस्य लवशेर विष्ट , बाल कुमार मल्ल , मकवानपुर जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण विष्ट , जिल्ला सदस्य तथा इन्द्रसरोवर इन्चार्ज बिनायक गोले , जिल्ला सदस्य विनोद कुमार लामा , जयराम रायमाझी , थाहा नगर अध्यक्ष अरुण रायमाझी , वाइसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ लगायतका उपस्थिति रहेको थियो ।

माओवादी केन्द्र थाहा नगर ७ का वडा अध्यक्ष राम बहादुर स्याङतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 16:34:59  157पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार