मकवानपुरमा अबैध लागु औषध गाँजा सहित एकजना पक्राउ


मकवानपुर । मकवानपुरमा ८१ किलो ३५० ग्राम अबैध लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय बाबुराम नेगि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलिले पुर्वपश्चिम सडक खण्ड अन्तर्गत बुधबार बिहान २ : ४५ बजेको समयमा मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीमा शंकास्पद रूपमा रोकि राखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रक पछाडि लुकाई राखेको अवस्थामा उक्त परिमाणको अबैध लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 11:57:29  45पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार