मकवानपुरमा अबैध लागु औषध गाँजा सहित दुइजना पक्राउ


मकवानपुर । मकवानपुरमा ९ किलो ४ सय ग्राम अबैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ४ झ्याङनेका अन्दाजी १५ वर्षीय सन्तोष न्यौपाने र सोही स्थानका अन्दाजी १४ वर्षीय सागर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मकवानपुरको अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलिले कैलाश गाउँपालिका वडा नम्बर ९ स्थित नामटारमा पैदल हिँडिरहेको अवस्थामा दुई नाबालक शनिबार साँझ चेकजाँच गर्दा उनीहरुले बोकेको झोलामा २ पोकोमा उक्त परिमाणको अबैध लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 15:16:16  46पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार