थप २,९३६ मा कोरोना संक्रमण,४३ को मृत्यु


काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै गएपछि नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित दर झन् बढ्दै गएको छ । संक्रमितभन्दा निको हुने दर घटी छ भने मृत्यु दर फेरि बढेको मन्त्रालयले जनाएको छ । नेपालमा शुक्रबार कोरोना भाइरसको सङ्क्रमणबाट थप ४३ जनाको ज्यान गएको छ । योसंगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ६ जना पुगेको छ । यस्तै शुक्रबार दुई हजार नौ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नौ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ६ जना र चार हजार पाँच सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३० जना गरी दुई हजार नौ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा अहिलेसम्म सात लाख १२ हजार तीन सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रबार एक हजार सात सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २८ हजार दुई सय ४३ जना पुगेको छ । अहिले नेपालमा २६ हजार आठ सय २७ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ७८ जनाको आईसीयू र एक सय ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: समय: 16:53:06  79पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार