मकवानपुरमा निषेधाज्ञा साउन ७ गतेसम्म लम्बियो


मकवानपुर । मकवानपुरमा जारी निषेधाज्ञा केहि खुकुलो बनाउँदै साउन ७ गतेसम्म लम्ब्याइएको छ ।

आज बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले कोरोनाको संक्रमण नियन्त्रण र रोकथामका लागि साउन ७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।

मकवानपुरमा बिहान ४:०० बजेदेखि १०:०० बजेसम्म खोल्दै आएको खाद्यान्न , मासु ,फलफूल तथा तरकारी पसल १ घण्टा थप गरि ११ बजेसम्म खोल्न पाइने भएको छ l त्यसैगरी रेस्टुरेन्ट ,मिठाई , खाजा पसलहरु होमडेलिभरी हुनेगरी बिहान ११:०० बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ ।

सार्वजनिक यातायातको हकमा सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गरि सिट क्षमता भन्दा यात्रु नराखी बिहान ६:०० बजेदेखि साँझ ७:०० बजेसम्म संचालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

प्रकाशित: समय: 22:21:50  51पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार