मकवानपुरमा अबैध लागु औषध गाँजा सहित दुइजना पक्राउ


मकवानपुर । मकवानपुरमा १६९ किलो अबैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

विशेष सूचनाको आधारमा बुधबार बिहान हेटौंडाबाट बारा तर्फ जाँदै गरेको बि आर ०१ जि जि ९४९५ नम्बरको भारतिय ट्रकलाई रोकि चेकजाँच गर्दा गाडीमा लुकाई छिपाई ल्याएको अवस्थामा पुर्वपश्चिम लोकमार्ग सडक खण्ड अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट १६९ किलो अबैध लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 18:17:47  53पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार