धादिङको थाक्रेमा बुद्धको मुर्ति निर्माण सम्पन्न


धादिङ । रामचन्द्र मोक्तान : जिल्ला वन कार्यालय धादिङको सहयोगमा धादिङको थाक्रेमा निर्माण भइरहेकोे ६ फिट अग्लो बुद्धको मुर्ति निर्माण सम्पन्न भएको छ ।

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ पोखरी चौरमा पर्ने उक्त बुद्धको मुर्ति जिल्ला वन कार्यालय धादिङले उपलब्ध गराएको १० लाख लागत खर्चमा मुर्ति निर्माण सम्पन्न भएको मुर्ति निर्माण व्यवस्थापन समितिको अध्यक्ष आइत कुमार तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङले सम्पूर्ण सहयोगी मनहरुप्रती हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ ।

प्रकाशित: समय: 22:36:28  214पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार