कोलम्बिया कोपा अमेरिकाको सेमिफाईनलमा


उपाधि दाबेदार उरुग्वेलाई हराउदै कोलम्बिया कोपा अमेरिका कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी ४७ औँ संस्करणको प्रतियोगीतामा कोलम्बियाले पेनाल्टी सुटआउटमा उरुग्वेको चुनौती पन्छाएको हो ।

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा उरुग्वेका माटियास भिना र जोसे मारिया जिमिनेज चुकेका थिए । लुइस स्वारेज र इडिन्सन काभानीले मात्र गोल गरेका थिए ।

कोलम्बियाका मिगुएल बोर्जा, एरी मिना, डेभिन्सन सान्चेज र डुभान जापटाले गोल गरे । जितसँगै कोलम्बिया अन्तिम चारमा पुग्ने तेस्रो राष्ट्र बनेको छ । यसअघि साविक विजेता ब्राजिल र पेरु सेमिफाइनल पुगिसकेका छन् ।

प्रकाशित: समय: 8:43:56  70पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार