पहिरो जाँदा देउखेल चल्ती सडक खण्ड अवरुद्ध


मकवानपुर ।  रामचन्द्र मोक्तान : निरन्तर परेको वर्षाका कारण देउखेल चल्ती जोड्ने देउखेल सडक खण्डमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ ।

देउखेल चल्ती सडक खण्ड अन्तर्गत थाहानगरपालिका वडा नम्बर ७ देउखेलमा पहिरो जाँदा बाटो अवरुद्ध भएको स्थानीय युवा बल बहादुर गोङ्बाले जानकारी दिए ।

त्यसैगरी गएराती थाहा ७ घट्टे खोलामा माथिबाट खसेको पहिरोले गोठ पुरिएर गोठमा रहेको एउटा भैंसी समेत मरेको गोङ्बाले बताए ।

प्रकाशित: समय: 8:50:10  223पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार