थाहाका युवाले व्यक्तिगत लगानीमा सडक निर्माण


मकवानपुर । रामचन्द्र मोक्तान : मकवानपुर को थाहानगरपालिका वडा नम्बर ७ बतासेका एक युवाले आफ्नो व्यक्तिगत लगानीमा वडा कार्यालय जोड्ने सडक निर्माण गरेका छन् ।

लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका थाहानगर ७ का युवा जितेन्द्र थिङले वैदेशिक रोजगारीबाट फर्किए लगतै आफ्नो व्यक्तिगत खर्च ८ लाख ५० हजार रुपैयाँको लगानीमा आफ्नो घरदेखी वडा कार्यालय जोड्ने ५ सय मिटर सडकमा ढुङ्गाको ग्राबेल सोलिङ गरि सडक निर्माण सम्पन्न गरेको युवा जितेन्द्र थिङले जानकारी दिए ।

उक्त सडक निर्माण कार्य सम्पन्न भए संगै बतासे र चौबास गरि  दुई गाउँ लाभान्वित हुने समेत थिङले बताए ।

प्रकाशित: समय: 15:25:27  528पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार