थाहानगर थाक्लेका युवाहरूद्वारा आइसोलेसन निर्माणका लागि सामाग्री सहयोग


मकवानपुर । रामचन्द्र मोक्तान : मकवानपुरको थाहानगरपालिका ७ थाक्लेका खत्री युवाहरूद्वारा आइसोलेसन निर्माणका लागी थाहा ७ वडा कार्यालयलाई सामाग्री सहयोग गरेका छन् ।

थाहानगरपालिका वडा नम्बर ७ मा १० बेडको आइसोलेसन निर्माण तयारीका लागी थाहा ७ थाक्लेका युवाहरूद्वारा ८ थान डसना , ८ थान तकिया , ८ थान तन्न, ८ थान तकियाको खोल , ८ थान ब्लाङकेट सहयोग गरिएको थाहानगर ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले जानकारी दिए ।

सहयोगि मनहरुप्रती वडाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ ।

प्रकाशित: समय: 8:40:38  61पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार