मेरी महारानी – करण “सायर”


काठमाडौं ।  जापानी कविता ।                                  मेरी महारानी

हल्का डिम्पल
त्याे मिरमिरे आँखा
हिस्सी परेकी
लरक्क कालाे केस
लजाउँदै हेरेकी

मिलेको दन्त
दृश्य मिठाे मुस्कान
बैंसकाे बेला
मन्दमन्द हावामा
थाेरै उड्दै जवानी ।

काेमल हात
समाउदै पाखुरा
मिलेको जाेडी
अलि हाेची मायालु
निधारकाे चुम्बन

अझै मिठास
बज्दै प्रेम संगीत
यात्री बन्दै छाैँ
त्याे पञ्छि जस्तै भन्छिन्
उ मेरी महारानी ।

करण तामाङ घ्लान “सायर”
बेलकाेटगढी – ४ सालखर्क नुवाकोट
हाल : काठमाडौ नेपाल

प्रकाशित: समय: 23:06:31  62पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार