थप ४,५२२ मा कोरोना पुष्टि,४१ को मृत्यु,४९५४ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप ४,५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४,५२२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डू जिल्लामा ३१० जना, ललितपुर जिल्लामा ९९ र भक्तपुरमा ६७ जनामा कोभिड पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८१३ पुगेको छ ।

क्वारेन्टाइनमा ४२५ जना छन् भने आइसोलेसनमा ५२६४८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये अहिले ७६१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २१८ जना भेन्टिलेटरमा छन्।

 

प्रकाशित: समय: 17:13:03  81पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार